मनास्लु र वारियर्सलाई एलएनए कप

असार ८, २०८२

कान्तिपुर संवाददाता

LNA Cup to Manaslu and Warriors

काठमाडौँ — मनास्लु र वारियर्सले प्रथम एलएनए एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज र वारियर्स गर्ल्समा च्याम्पियन बने ।

आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा आइतबार भएको ब्वाइज फाइनलमा मनास्लुले एनएनएलाई २१–१७ स्कोरले पराजित गर्‍यो ।

गर्ल्सको उपाधि भिडन्तमा वारियर्सले एनसीसीएसलाई १९–१६ स्कोरले हरायो । ब्वाइजमा मनास्लुका अश्विन चालिसे र गर्ल्समा वारियर्सकी प्रकृति खड्का मोस्ट भेलुएबल प्लेयर घोषित भए ।

LNA Cup to Manaslu and Warriors

दुवै समूहको विजेताले ८ हजार र उपविजेताले ५ हजार पुरस्कार प्राप्त गरे । विजेता र उपविजेताका खेलाडीले प्लस २ अध्ययन गर्न क्रमशः ७० र ५० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिएको एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।

विजेतालाई तार्केश्वर नगरपालिका वडा १० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल एवं तार्केश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीलगायतले पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा १२ र गर्ल्समा ८ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

कान्तिपुर

Link copied successfully