काठमाडौँ — नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार एसीसी एसियन कप छनोट खेल्ने २३ सदस्यीय राष्ट्रिय टोली चयन गरेका छन् ।
तास्कन्दमा हुने एसियन कप छनोटमा नेपालले लाओस, श्रीलंका र घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूह ‘एफ’ मा रहेको नेपालले जुन २९ मा लाओसविरुद्ध पहिलो खेल खेल्नेछ ।
त्यस समूहको विजेताले अस्ट्रेलियामा हुने एसिया कपमा खेल्नेछ । घोषित टिमको गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना रानामगर छन् । डिफेन्डरमा गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृत जैसी छन् ।
मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल परेका छन् । फरवार्डमा भने सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।
