काठमाडौँ — आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ‘ए’ प्रथम एलएनए एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
घरेलु कोर्टमा शनिबार एलएनए ‘ए’ ले क्यानभास बसन्त ऋतुलाई १२–१० स्कोरले पराजित गर्यो । सोही स्पर्धामा लाखेले एलएनए ‘बी’ लाई १७–१२, मनास्लुले टीबीसी ‘बी’ लाई २१–१५ र यक्कुले बलस हुडलाई १८–१६ ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा एलएनए ‘ए’ को भेट लाखेसँग र मनास्लुको यक्कुसँग हुनेछ ।
गर्ल्समा एनसीसीएस ‘ए’ ले बलर्सलाई १२–१०, ल्यान्डमार्कले एनसीसीएस ‘बी’ लाई ११–९, एस्ट्रो ब्लेजर्सले यक्कुलाई १०–८ र वारियरले न्यु एरालाई १८–१२ ले हराएर सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा एनसीसीएस ‘ए’ र ल्यान्डमार्क तथा एस्ट्रो ब्लेजर्स र वारियरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा १० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल गोपाल बुढाथोकी र विद्यालय सञ्चालक समितिका अध्यक्ष जोगेन्द्र केसीले निर्णायकलाई संयुक्त उद्घटन गरे ।
दुईदिने प्रतियोगितामा ब्वाइजमा १२ तथा गर्ल्समा ८ टिम सहभागी छन् । फाइनल पुग्ने चारै टिमलाई एलएनएमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति पनि प्रदान गरिने छ ।
