काता/कुमिते च्यालेन्जमा भाग लिन कराते टिम सिलिगुढीतिर

असार ७, २०८२

कान्तिपुर संवाददाता

Karate Team to Siliguri to participate in Kata/Kumite Challenge

काठमाडौँ — भारतको चर्चित मार्सल आर्टस एकेडेमी दी डेनको आयोजननामा हुने अल्टिमेट काता/कुमिते च्यालेन्ज प्रतियोगितामा भाग लिन नेपाली कराते टोली शनिबार सिलिगुढी गएको छ ।

आइतबार हुने च्यालेन्जका लागि नेपाली कराते खेलाडीमा पुरुष एकल काताका स्वनिम मानन्धर, महिला काताकी सानुमाया थिङ र पुरुष ६० केजीमा एलन श्रेष्ठ, मीनबहादुर तामाङ, राजीव पुडासैनीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा मन्देकाजी श्रेष्ठ र कुशल श्रेष्ठले प्रशिक्षकमा रहेका छन् । रेफ्रीमा तारा गुरुङ र म्यानेजरमा फुर्वा लामा रहेका छन् । टोलीलाई नगदेश डोजोकी भावना लामाले टिसर्ट प्रायोजन गरेकी छन् ।  

कान्तिपुर

Link copied successfully