तेस्रो एनबीएएन स्पोर्ट्स मिट सुरु

असार ६, २०८२

कान्तिपुर संवाददाता

Third NBAN Sports Meet begins

काठमाडौँ — मर्चेन्ट बैंकर्सको छाता संगठन नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा शुक्रबारदेखि तेस्रो एमबीएएन स्पोर्ट्स मिट सुरु भएको छ ।

हाडीगाउँस्थित धन्यन्तरी स्पोर्ट्स सेन्टरमा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता सुरु भएको हो ।

संयोजक दयाकृष्ण घिमिरेका अनुसार टेबलटेनिस पुरुषतर्फ ग्लोबल आइएमई क्यापिटलका प्रदीपराज खनाल विजेता भए ।

उनले एनआईएमबी क्यापिटलका परञ्जय नेपाललाई हराएर १५ हजार जिते ।

महिलातर्फ सिद्धार्थ क्यापिटलका कल्पना प्रधानले ग्लोबल आईएमईका बिना अधिकारीलाई हराइन् । विजेताले १५ र उपविजेता अधिकारीले १० हजार पाए । 

Third NBAN Sports Meet begins

टेबलटेनिसकै भेट्रान्सतर्फ एनआईएमबीका पराग विष्टले उपाधि जिते । उनले कुमारी क्यापिटलका अनुप शाक्यलाई हराए ।

ब्याडमिन्टन पुरुष डबल्समा सीआईटीका पुरुषोत्तम र अनिल, महिला डबल्समा प्रभु क्यापिटलका सिर्जना र पूजाको जोडी विजयी भए ।

भेट्रान डबल्सतर्फ गरिमा क्यापिटलका अशोक र तुलसीको जोडीले उपाधि जित्यो ।

मर्चेन्ट बैंकर्समा कार्यरत कर्मचारीलाई एकैथलोमा उपस्थित गराई खेलकुदको माध्यमबाट एक आपसमा चिनजान गर्ने र सबैलाई स्वस्थ बनाउने स्पोर्ट्स मिटको उद्देश्य रहेको संघका अध्यक्ष रामेन्द्र रायमाझीले बताए । 

सो प्रतियोगितामा संघमा आबद्ध २६ मध्ये २२ वटा बैंकर्सले भाग लिएका छन् । फुटसलमा पुरुष र महिलाको प्रतिस्पर्धा भइरहेको छ  । पुरुषतर्फ १५ र महिलातर्फ ८ टिमले भाग लिएका छन् । 

फुटसल पुरुषतर्फ विजेताले ८० हजार र उपविजेताले ४० हजार प्राप्त गर्नेछन् ।

महिलातर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न मर्चेन्ट बैंकका ५ जनाको एमबीएएन स्पोर्ट्स मिट कमिटी बनाइएको छ ।

कान्तिपुर

Link copied successfully