एलएनए कप बास्केटबल शनिबारदेखि

असार ६, २०८२

कान्तिपुर संवाददाता

LNA Cup Basketball from Saturday

काठमाडौँ — लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को आयोजनामा प्रथम एलएनए एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुनेछ ।

प्रतियोगितामा ब्वाइज/गर्ल्समा जम्मा २० टिमको सहभागिता रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगेन्द्र केसीले शुक्रबार पत्रकार सम्मेलनमा बताए । ब्वाइजमा १२ र गर्ल्समा ८ टिमको सहभागिता निश्चित भएको बास्केटबल प्रशिक्षक नारायण खवासले बताए । ब्वाइजलाई ४ तथा गर्ल्स टिमलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।

दुवै समूहको विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल पुग्ने चारै टिमलाई एलएनएमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिता आयोजकको कोर्टमा खेलाइने छ । 

कान्तिपुर

Link copied successfully