काठमाडौँ — आयोजक काठमाडौं महानगरपालिका वडा २६ का सुरज श्रेष्ठ र गोंगबुका सुशील तामाङ बिहीबार काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष २८ केजीमुनि फाइनलमा पुगेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा पुरुष २० केजीमुनि कामनपा वडा १७ का अंकितमान गुरुङ र आयोजकका रवि थिङ तथा २६ केजीमुनि तार्केश्वरका स्वरुपराज पाण्डे र आयोजकका प्रदीप बुढाथोकी फाइनलमा पुगेका छन् ।
पुरुष ३५ केजीमुनि स्वयम्भूका प्रज्ज्वल पौडेल र तार्केश्वरका आयु रे तथा ३८ केजीमुनि तार्केश्वरका उत्सव लोहनी र वडा ११ का तपेन्द्र विष्ट फाइनल पुग्न सफल भए । महिला २४ केजीमुनि आयोजककी आलिया खातुन र काठमाडौं महानगरकी प्रास्ना जोशी, २७ केजीमुनि वडा १७ की लिसा तामाङ र लैनचौरकी आकांक्षा पाण्डे, ३१ केजीमुनि गोंगबुकी कृतिका देउला र आयोजककी रितिका शाही तथा ३३ केजीमुनि वडा १६ की समिक्षा तामाङ र वडा ११ की रनिशा गौतम फाइनलमा पुगेका छन् ।
महिला ४६ केजीमुनि लैनचौरकी शारदामाया बमजन र वडा ११ की निरगानी खड्का, ३६ केजीमुनि तुख्याकी सुसन्ध्या खड्का र आयोजककी स्मारिका शाही, ३९ केजीमुनि मातातीर्थकी पन्ना बिक र कामनपा वडा ११ की श्रीयुक्ता लामा तथा ४२ केजीमुनि तार्केश्वरकी कृतिका थापामगर र आयोजककी पुनम खत्री फाइनल पुगे ।
प्रतियोगितामा पुरुष/महिलामा १०–१० स्पर्धामा २ सय ५९ खेलाडी प्रतिस्पर्धी छन् । २० स्पर्धा मध्ये पहिलो दिन पुरुषमा ५ र महिलामा ८ तौल समूहको फाइनल समीकरण तयार भएको तेक्वान्दोका संयोजक गौरव रजकले जनाए ।
फुटसलमा पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा तार्केश्वर र वडा १३ तथा वडा ५ र आयोजक वडा २६ बीच प्रतिस्पर्धा हुनेछ । तार्केश्वरले वडा १६ लाई १–० गोलले पराजित गर्यो । वडा ५ ले वडा १३ लाई ५–० गोलले हरायो ।
