काठमाडौँ — नेपालले बिली जिन किङ कप टेनिसमा बुधबार लगातार दोस्रो जित हात पारेको छ । श्रीलंकाको कोलम्बोमा भइरहेको समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्यो । पहिलो खेलमा नेपालले म्यानमारमाथि २–१ को जित पाएको थियो ।
पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले कतारकी दाना खलिफालाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरिन् । दोस्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले कतारकी मुबारका अल नाइमीलाई ७–६, ६–४ ले हराइन् । डबल्समा सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले कतारका हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५, ११–९ ले हरायो ।
समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्ने टिम अफिसियल अजय विष्टले जानकारी गराएका छन् ।
