‘मिस्टर महानगर’ बडीबिल्डिङ हुने

असार ४, २०८२

कान्तिपुर संवाददाता

'Mr Mahanagar' will be bodybuilding

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा प्रथम मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि दुई दिन हुनेछ । प्रतियोगितालाई लिएर मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक वडा नम्बर ११ का अध्यक्ष चिनिकाजी महर्जनले सबै तयारी पूरा भएको जानकारी दिए ।

प्रतियोगिता असार ६ र ७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ । कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक ईश्वर श्रेष्ठले बताए । प्रत्येक तौल समूह विजेता मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धाका लागि छनोट हुनेछ । 

ओभरअल विजेताले मिस्टर महानगरको उपाधिसहित ५ लाख रुपैयाँ र ट्रफी पाउनेछ । प्रत्येक तौल समूहका विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । चौथोले १५ हजार र पााचौंले १० हजार रुपैयाा पाउने छन् । 

असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल हुनेछ । पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिस्पर्धा हुने भएको छ । आगामी संस्करणमा महिलाको पनि प्रतिस्पर्धा गराउने वडा अध्यक्ष महर्जनले जानकारी दिए । त्यी अवसरमा महर्जनले ओभरअल विजेताले पाउने ट्रफी पनि सार्वजनिक गरिएको थियो ।

कान्तिपुर

Link copied successfully