एमआईएस कप खेलकुद सुरु

असार ३, २०८२

कान्तिपुर संवाददाता

MIS Cup sports start

काठमाडौँ — मोर्डन इन्डियन स्कुलमा एमआईएस कप २०२५ खेलकुद मंगलबार सुरु भएको छ । चार दिन चल्ने प्रतियोगितामा १२ विद्यालयका ६ सयभन्दा बढी विद्यार्थी सहभागी छन् । उनीहरूले क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, फुटसल, बास्केटबल र चेसका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो दिन क्रिकेटमा आयोजक मोर्डन इन्डियन र डीएभी विजयी भएका छन् ।

फुटसलको सिनियरमा मोर्डन इन्डियनले राइ स्कुललाई ४–० ले हरायो । अर्को खेलमा मोर्डन इन्डियनले भीएस निकेतनसँग १–१ को बराबरी खेल्यो । जुनियरमा डीएभी र भीएस निकेतनले गोलरहित बराबरी खेले ।

बास्केटबलमा मोर्डन इन्डियनले एपीएफ स्कुल कीर्तिपुरलाई ३४–१३ ले, राइ स्कुलले न्युटनलाई २०–११ ले, आईएमएसले केभीलाई ३४–१९ र डीएभीले आलोकलाई २९–१३ स्कोरले हराए ।

ब्याडमिन्टनको यू–१५ ब्वाइजमा एमआईएसका रायन नाथ र आयुष कुशवाहा फाइनलमा पुगेका छन् । यू–१७ ब्वाइज फाइनलमा एमआईएसका अदित गुप्ता र के शर्मा फाइनल पुगेका छन् ।

विद्यार्थीका लागि प्रतिस्पर्धा र उत्कृष्टता नतिजा हासिल गर्न एमआईएस कप आयोजना गरेर मञ्च प्रदान गरेको आयोजक स्कुलका प्रिन्सिपल राजु पिटरले बताए ।MIS Cup sports start

कान्तिपुर

Link copied successfully