सिन्धुपाल्चोक — पाँचपोखरी थाङपाल गाउँपालिका र जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा सम्पन्न सातौं जिल्लास्तरीय पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लबले जितेका छन् ।
सोमबार राजधानी काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेल वर्षाले प्रभावित भएपछि दुवै टोलीलाई विजेता घोषणा गरिएको आयोजकले जनाएको छ ।
फाइनलमा पाँचपोखरीले पहिले ब्याटिङ गर्दै १७.४ ओभरमा १ सय ३३ रन बनाएको थियो । सार्थक धितालको अविजित ६१ रन बनाए । त्यसपछि वर्षाले दोस्रो इनिङ्सको खेल सम्भव हुन सकेन ।
आयोजक समितिका संयोजक ग्याल्बो साम्देनले दुवै टोलीले पुरस्कारस्वरूप जनही ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो । द माइटी साँगाचोकका अशोक पौडेल उत्कृष्ट ब्याटर, मेलम्चीका सोनु देवकोटा उत्कृष्ट बलर र मेलम्चीकै रिन्जिन लामा प्लेयर अफ द टुर्नामेन्ट घोषित भए ।
