टेबलटेनिसकी इन्दिराले जितिन् स्वर्ण

असार २, २०८२

कान्तिपुर संवाददाता

Table tennis's Indira won gold

काठमाडौँ — काठमाडौं महानगरपालिका–२९ की इन्दिरा पराजुलीले काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा स्वर्ण पदक जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनलमा इन्दिराले आफ्नै वडाकी सविता बस्नेतलाई ११–५, ११–२ को सोझो सेटमा हराइन् । कामनपा–२९ की सम्झना पोखरेल र कामनपा–३० की दीपा श्रेष्ठ तेस्रो भए ।

यू–१६ ब्वाइज सिंगल्समा कीर्तिपुरका जयस्नु महर्जनले कीर्तिपुरकै सफल महर्जनलाई ११–२, ११–६, ११–९ ले र कामनपा–२ का उज्ज्वल मानन्धरले कामनपा–२६ का आर्यन शाहीलाई ११–९, ११–९, ११–७ ले हराएर फाइनल सुरक्षित गरे । यू–१४ ब्वाइज सिंगल्समा कामनपा–१ का निश्चल थापा र वडा २६ का अर्नव श्रेष्ठ फाइनल पुगेका छन् ।

कान्तिपुर

Link copied successfully