आरम्भ संस्कारबाट प्राज्ना सम्मानित

असार २, २०८२

कान्तिपुर संवाददाता

Prajna honored with initiation rites

काठमाडौँ — आरम्भ संस्कार विद्यालयले टेबलटेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

विद्यालयका कप्तान तथा विद्यालयको विद्यालय लिडरसहित ७२ विद्यार्थीलाई विभिन्न पदमा पदस्थापन गरिएको कार्यक्रममा प्राज्ना १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

प्राज्नाले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा दुई पदक जितेकी थिइन् । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भएको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वैशाखमा भएको थियो ।

प्राज्नाले यु–१५ गर्ल्स डबल्समा रजत र टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् । नेपालले प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्य पदक जितेको थियो ।

प्राज्ना आरम्भमै पूर्ण छात्रवृत्तिमा कक्षा ६ मा अध्ययनरत छिन् । आरम्भले प्राज्नासँगै टेबलटेनिस खेलाडी निश्चल थापा, यमिला श्रेष्ठ, आभा प्रधान र दिवाश्री श्रेष्ठलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । प्राज्नालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आरम्भका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले सम्मान गरे ।

कान्तिपुर

Link copied successfully