ब्याडमिन्टनका सुविन र रिहानालाई यू–१९ को स्वर्ण

असार १, २०८२

कान्तिपुर संवाददाता

Badminton's Suwin and Rihanna win U-19 gold

काठमाडौँ — सुविन श्रेष्ठ र रिहाना शेरचनले प्रथम राष्ट्रिय स्तरीय ब्याडमिन्टन प्रतियोगिताको यू–१९ तर्फ स्वर्ण जितेका छन् ।

टोखा नगरपालिका र डीबीए एकेडेमीको संयुक्त आयोजनामा भएको प्रतियोगिताको ब्वाइजतर्फ त्रिभुनन आर्मी क्लबका सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियाज लिम्बूलाई २१–१९, २१–१७ को सोझो सेटमा हराएर स्वर्ण जिते । इम तामाङ र सुदेश राजकोटी तेस्रो भए ।

गर्ल्सतर्फ फाइनलमा आर्मीकी रिहानाले लालिगुराँस एकेडेमीकी अस्मिता खत्रीलाई २१–१३, २१–१३ ले हराइन् । निभा राई र प्रेन्सा श्रेष्ठ तेस्रो भए । यू–१९ विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाए ।

यू–१५ ब्वाइजतर्फ आर्मीका सुदेश राजकोटी विजेता बने । उनले इम तामाङलाई १६–२१, २१–१४, २१–१८ ले हराए । कैलालीका आदित्य चौधरी र आर्मीका दीप थिङ तेस्रो भए । सोही उमेर समूहको गर्ल्सतर्फ निभा राईले समृद्धि श्रेष्ठलाई २१–१६, २१–१६ ले हराएर स्वर्ण जितिन् । अस्मिता खत्री र सविज्ञा दाहाल तेस्रो भए ।

यू–१३ विधामा ब्वाइजतर्फ आर्मीका दिप थिङले आफ्नै क्लबका रिजन मगरलाई २१–१०, २१–१० को सोझो सेटमा हराए । रोजमेरीका दियोन भण्डारी र एमबीबीएफका सक्षम गुरुङ तेस्रो भए । गर्ल्सतर्फ सुनसरीकी सविज्ञा दाहालले आर्मीकी अजारेन्का शेरचनलाई २१–१८, २१–११ ले हराइन् ।  ग्यालेक्सी पब्लिककी अर्चना मगर र एपीएफकी आकृति कार्की तेस्रो भए ।

कान्तिपुर

Link copied successfully