एचएचसीए र भ्याली पब्लिकलाई निब्स कप

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Knibbs Cup to HHCA and Valley Public

काठमाडौँ — एचएचसीए र भ्याली पब्लिक ‘ए’ ले दोस्रो निब्स एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको शनिबार जितेका छन् । एचएचसीए ब्वाइज र भ्याली पब्लिक ‘ए’ गर्ल्समा च्याम्पियन बने ।

आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) कोर्टमा ब्वाइज फाइनलतर्फ एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई २१–१४ स्कोरले पराजित गर्‍यो । एचएचसीएका सुशान्त बमजनले १०, डेविड राईले ६ र दिशान्त राईले ५ स्कोर गरे । विजेता टोलीको प्रशिक्षकमा सागर श्रेष्ठ थिए ।

गर्ल्सको फाइनलमा भ्याली पब्लिकले आफ्नै ‘बी’ टिमलाई १८–१५ स्कोरले हरायो । एलिना गौचनले ७, लोरिशा गौचनले ५, अनिता गुरुङले ४ र दृष्णा नेपालले २ स्कोर जोडे । पूर्ण न्यौपानेले भ्याली पब्लिक ‘ए’ को प्रशिक्षण जिम्मेवारी सम्हालेका थिए ।

Knibbs Cup to HHCA and Valley Public

दुवै समूह विजेताले १० हजार र उपविजेताले ७ हजार पुरस्कार पाउ । ब्वाइजमा एचएचसीएका सुशान्त बमजन र गर्ल्समा भ्याली पब्लिककी एलिना गौचन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

विजेतालाई बूढानीकलण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, वडा ९ की अध्यक्ष सुमित्रा त्रिपाठी, नेसनल प्याब्सनका उपाध्यक्ष शम्भु अधिकारी, निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो, निब्स विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेनु महतोलगायतले पुरस्कृत गरे ।  

कान्तिपुर

Link copied successfully