महिला स्क्वास फाइनलमा विपना र स्वस्थानी

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Vipana and Swasthani in women's squash final

काठमाडौँ — नेपालका नम्बर एक स्क्वास खेलाडी विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठबीच १३ औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको महिला एकलमा प्रतिस्पर्धा हुने भएको छ ।

नेपाल स्क्वास र्‍याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलमा बागमती प्रदेशकी विपनाले गण्डकी प्रदेशकी समिक्षा श्रेष्ठलाई ११–०, ११–४, ११–३ र स्वस्थानीले अस्मिता नगरकोटीलाई ११–३, ११–५, ११–४ ले हराए । यसअघि क्वाटरफाइनलमा विपनाले डोल्मा लामालाई ११–४, ११–५, ११–१ र स्वस्थानीले रनशा महर्जनलाई ११–५, ११–३, १२–१० ले, अस्मिता नगरकोटीले साक्षी सुनुवारलाई ११–५, ११–७,  ११–६ र समिक्षाले नियुक्ति श्रेष्ठलाई ७–११, ६–११, ११–९, ११–५, १३–११ ले हराएका थिए ।

पुरुष एकल फाइनलमा नेपालका नम्बर अरहान्त केशर सिंह पुगेका छन् । बागमतीका अरहान्तले सेमिफाइनलमा नैनबहादुर मगरलाई ११–२, ११–३, ११–४ ले हराए । त्यसअघि उनले हेलिस श्रेष्ठलाई ११–६, ११–५, ११–५ र नैनबहादुरले जान जिसीलाई ११–४, ११–४ र ११–४ ले पराजित गरेका थिए । अरहान्तले फाइनलमा दीपक थापा वा पासाङ ब्लोनमध्ये एकविरुद्ध खेल्नेछन् । क्वाटरफाइनलमा दीपकले आभन श्रेष्ठलाई ११–३, ११–४, ११–७ ले, पासाङले सूर्यकुमार राईलाई ११–५ ११–९, ११–८ ले हराएका थिए ।

कान्तिपुर

Link copied successfully