निब्स र लालीगुराँस नेसनल क्वाटरफाइनलमा

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Nibs and Laliguras in National Quarterfinals

काठमाडौँ — आयोजक नेसनल आइडियल स्कुल (निब्स) दोस्रो निब्स एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ शुक्रबार क्वाटरफाइनल पुगेको छ ।

निब्ससँगै भ्याली पब्लिक ‘ए’ र ‘बी’, लालीगुराँस नेसनल एकेडेमी, न्युटन, फेरिल्यान्ड, हिमशिला र ग्रिनल्यान्डले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइजमा भ्याली पब्लिक, क्यानभास वसन्त ऋतु, स्किब्स ‘ए’, टिम हसल, लालीगुराँस ‘ए’ र ‘बी’, फेरिल्यान्ड, हिमशिला, बीएमसीए, ग्रिनल्यान्ड, पारामाउन्ट एकेडेमी, नेसनल युनाइटेड, जेबी स्कुल, स्पोर्ट्स जोन, न्युटन तथा मञ्जरीले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।

निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले निर्णायकलाई बल हस्तान्तरण प्रतियोगिताको उद्घाटन गरे ।

ब्वाइजमा २४ तथा गर्ल्समा १२ टिम टिम प्रतिस्पर्धी छन् । प्रतियोगिता शनिबार सकिनेछ ।

कान्तिपुर

Link copied successfully