काठमाडौँ — विली जिन किङ कप टेनिसमा भाग लिन नेपाली टेनिस टोली शुक्रबार श्रीलंकाको कोलम्बो जाने भएको छ ।
जुन १६ देखि २० सम्म हुने प्रतियोगितामा अभिलाषा विष्ट, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले भाग लिनेछन् ।
ग्रुप ३ को प्रतिस्पर्धामा नेपालसहित ९ राष्ट्र सहभागिता रहनेछ । ९ राष्ट्रलाई २ समूहमा विभाजन गरी खेलाइने छ । प्रतिस्पर्धी राष्ट्रमध्ये पहिलो हुने ग्रुप २ मा प्रवेश गर्नेछ । टिम स्पर्धाको यो प्रतियोगितामा २ सिंगल्स र १ डबल्स खेल हुनेछ ।
अफिसियलमा अजय विष्ट र प्रशिक्षकमा कृष्णराज घले छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक मनोहरदास मुलले बिहीबार बिदाइ गरे ।
