राष्ट्रपति रनिङ सिल्ड खेलकुद : प्रथम र मनीषालाई काताको स्वर्ण

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

President's Running Shield Sports: First and Manisha's Gold in Spinning

काठमाडौँ — १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत  करातेतर्फ एकल काताको छात्रमा बागमतीका प्रथम मानन्धर र छात्रामा लुम्बिनीकी मनीषा खड्काले स्वर्ण जितेका छन् । छात्रमा कर्णालीका ज्ञानेन्द्र सुनारले रजत तथा गण्डकीका बसन्त परियार र लुम्बिनीका सचित कर्माचार्यले कांस्य हात पारे । छात्रामा बागमतीकी आर्या श्रेष्ठले रजत तथा गण्डकीकी मनीषा गुरुङ र सुदूरपश्चिमकी रितिका लुहारले कांस्य जिते ।

सातदोबाटोस्थित कराते हलमा भएको छात्र ४७ केजीमुनि मधेशका प्रिन्स शाह पहिलो भए । उनले फाइनलमा सुदूरपश्चिमका छत्र थापालाई पराजित गरे । बागमतीका मिलन मगर र कर्णालीका नरेन्द्र अधिकारीले कांस्य प्राप्त गरे । 

बागमतीलाई तेक्वान्दोमा ५ स्वर्ण 

बागमती प्रदेशले तेक्वान्दोको पहिलो दिन बिहीबार १० स्वर्णको टुंगो लाग्दा ५ स्वर्ण जितेको छ । सुदूरपश्चिमले ३, कर्णाली र मधेशले १–१ स्वर्ण हात पारे । १२ स्पर्धा रहेको तेक्वान्दोमा २ स्पर्धाको फाइनल शुक्रबार हुनेछ ।

छात्र ५२ केजीमुनि सुदूरपश्चिमका विशालराज भट्ट पहिलो भए । उनले फाइनलमा मधेशका आसिफ हुसेन अन्सारीलाई पराजित गरे । ४८ केजीमुनि फाइनलमा कर्णालीका निशान्त प्याकुरेलले गण्डकीका तजिन बुढाथोकीलाई हराएर स्वर्ण जिते ।

President's Running Shield Sports: First and Manisha's Gold in Spinning

छात्र ५१ केजीमुनि बागमतीका करण धोलीले गण्डकीका अजय जिसी तथा ४५ केजीमुनि बागमतीका कृष्ण विकले मधेशका समर नेपालीलाई हराएर स्वर्ण जिते । छात्रा ४६ केजीमुनि बागमतीकी सोनिया तामाङले कर्णालीकी करुणा बुढा, ४४ केजीमुनि सुदूरपश्चिमकी दीपा जैसीले कोशीकी सोनिम भट्टराई, ४९ केजीमुनि सुदूरपश्चिमकी सुस्मिता विष्टले लुम्बिनीकी दीपिका कार्की र ४२ केजीमुनि मधेशकी सलिना यादवले कोशीकी कल्पना पाण्डेलाई फाइनलमा हराएर स्वर्ण जिते ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको प्रतियोगिताको एकल पुम्सेको छात्रमा बागमतीका विश्वास तामाङ र छात्रामा बागमतीकै सरगम थापाले स्वर्ण जिते । विश्वासले गण्डकीका सचिन विश्वकर्मा र सरगमले गण्डकीकी प्रतीक्षा रानालाई पछि पारे ।

उसुमा बागमतीलाई ४ स्वर्ण

उसुमा बागमतीले ४ स्वर्ण जितेको छ । उसुको पहिलो चारै स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । १२ स्पर्धा समावेश छ ।

छात्र नान छ्वानमा बागमतीका विजय वाइबा पहिलो भए । उनले ७.१७ अंक जोडे । सुदूरपश्चिमका योगेश चौधरी दोस्रो र कर्णालीका तुफान कुँवर तेस्रो भए । छात्रामा बागमतीकी बबिता ठाडामगर पहिलो भइन् । बबिताले ६ स्कोर गरिन् । सुदूरपश्चिमकी ज्ञानु बिक दोस्रो र कर्णालीकी सन्ध्या क्षेत्री तेस्रो स्थानमा  रहे ।

राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगिताको छात्र छान छ्वानमा बागमतीका लभसन आलेमगर सर्वाधिक ७ अंक जोड्दै पहिलो बने । कर्णालीकी भूपेन्द्र बुढा दोस्रो र सुदूरपश्चिमका मिलन ओखेडा तेस्रो भए । छात्रामा बागमतीकी मारिया राईले स्वर्ण जितिन् । मारियाले ६.८८ अंक जोडिन् । सुदूरपश्चिमकी दीपिका चौधरीले रजत र कोशीकी रेशिका काम्वाङले कांस्य हात पारे ।

कान्तिपुर

Link copied successfully