दोहोरो उपाधि नजिक  कृषि विकास बैंक टिम

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

Agriculture Development Bank team close to dual title

काठमाडौँ — कृषि विकास बैंक १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा मंगलबार दोहोरो उपाधिनजिक पुगेको छ । कृषि विकासको पुरुष र महिला दुवै टोली फाइनलमा पुगे ।

ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको पुरुषको सेमिफाइनलमा कृषिले नेपाल वायुसेवा निगमलाई १–० गोलले पराजित गर्‍यो । फाइनलमा कृषिको भेट नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ सँग हुनेछ । अर्को सेमिफाइनलमा नागरिक उड्डयनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–१ गोलले हरायो ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलामा कृषि विकास बैंक ५ टिम सहभागी राउन्ड रोबिन लिगमा शीर्षस्थानमा रहेर फाइनलमा पुग्यो । ३ जित र १ बराबरी खेलेको कृषिले १० अंक जोड्यो ।

कृषिले उपाधिका लागि नेपाल बैंकविरुद्ध प्रतिस्पर्धा गर्नेछ । ८ अंक जोडेको नेपाल बैंक उपविजेता बन्दै फाइनलमा पुगेको हो । नेपाल बैंकले समान २ जित र २ बराबरी आत्मासात् गर्‍यो । फाइनल बुधबार हुनेछ ।

पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हात पार्नेछन् । महिलाको विजेताले ३० हजार र उपविजेताले २० हजार पुरस्कार पाउनेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully