४ घन्टा ३० मिनेट भिडेका अभिषेक पराजित

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

Abhishek defeated after fighting for 4 hours and 30 minutes

काठमाडौँ — नेपाली व्यावसायिक टेनिस खेलाडी अभिषेक बास्तोला किंग्स गुआम वर्ल्ड टेनिस टुरमा पराजित भएका छन् ।

वाइल्ड कार्ड पाएका उनले आईटीएफ मेन्स वर्ल्ड टेनिस टुरअन्तर्गत मेन्स सिंगलको अन्तिम ३२ को खेलमा अस्ट्रेलियाका प्रतिद्वन्द्वी एस्टन म्याकलियोडसँग प्रतिस्पर्धात्मक भिडन्तमा २–१ ले खेल गुमाए । पहिलो सेटम ६–२ ले गुमाएका अभिषेकले दोस्रो सेटमा पुनरागन गर्दै ६–४ ले आफ्नो पक्षमा पारे । उनले तेस्रो तथा निर्णायक सेटमा टाइब्रेकरसम्म प्रतिस्पर्धा गर्दै ७–६ (१०–८) ले सेट गुमाएर खेल विपक्षीलाई सुम्पिए । अभिषेकले ४ घन्टा ३० मिनेट कोर्टमा संघर्ष गरेका थिए ।

गुआम नेसनल टेनिस सेन्टरमा जुन १५ सम्म चल्ने हार्ड कोर्ट प्रतियोगिताको पुरस्कार राशि १५ हजार डलर रहेको छ ।  

कान्तिपुर

Link copied successfully