काठमाडौँ — कार्लोस अल्कारेजले उत्कृष्ट पुनरागमनको नमुना पेस गर्दै आइतबार फ्रेन्च ओपन २०२५ को पुरुष एकलको उपाधि जितेका छन् । उनले दुई सेट पछाडि रहेको स्थिति र तीन च्याम्पिनयसिप अंकबाट जोगिदै यानिक सिनरलाई स्तब्ध पारेका छन् ।
डिफेन्डिङ च्याम्पियन अल्कारेज रोलान्ड ग्यारोसमा भएको फाइनलमा विश्व नम्बर १ खेलाडीमाथि ४–६, ६–७ (४/७), ६–४, ७–६ (७/३) र ७–६ (१०/२) को जित रच्न सफल रहे । स्पेनी खेलाडी अल्कारेजले जितेको यो पाँचौँ ग्रान्डस्लाम उपाधि हो ।
उनले अहिलेसम्म खेलेका सबै पाँच ग्रान्ड स्लाम फाइनल जितेका छन् । यसैक्रममा उनले सिनरको ग्रान्ड स्लाममा २० खेलका अपराजित यात्रामा पनि पूर्ण विराम लगाएका छन् । ‘मैले आफ्नो खेल जीवनमा खेलेका खेलमध्ये यो जत्तिको रोमाञ्चक अरू कुनै पनि छैन्,’ जितपछि २२ वर्षीय अल्कारेजले भने ।
