कर्मचारी खेलकुदमा वाणिज्य बैंकलाई तीन स्वर्ण

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

Three Golds for Commercial Bank in Staff Sports

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसमा ३ स्वर्ण जितेको छ । टेबलटेनिसमा ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एक अर्को स्वर्ण नेपाल नागरिक उड्डयन प्राधिकरणले जित्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्समा वाणिज्यका सुजन सुवाल पहिलो भए । नेपाल विद्युत प्राधिकरणका श्वेत बस्नेत दोस्रो र नेपाल वायुसेवा निगमका अंकुर अर्याल तेस्रो भए । महिलामा नागरिक उड्डयनकी ज्ञानधना श्रेष्ठले स्वर्ण, नागरिक उड्डयनकी सुष्मा थापा मगरले रजत र वायुसेवा निगमकी रञ्जना पोखरेलले कांस्य जिते ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा वाणिज्यका साजन सुवाल र रमेश सुवालको जोडी प्रथम, वाणिज्यका विवेक श्रेष्ठ र श्रवणकुमार खत्रीको जोडी द्वितीय र नागरिक उड्डयनका रुपचन्द्र केसी र सन्तोष अवालेको जोडी तृतीय भए । एक्जुकेटिभ पुरुष सिंगल्समा वाणिज्यका रमेश सुवाल पहिलो, नागरिक उड्डयनका मनोहरराज भण्डारी दोस्रो र विद्युतका सुशान्त बास्तोला तेस्रो भए । सोमबारदेखि फुटसल सुरु हुनेछ ।

कान्तिपुर

Link copied successfully