फ्रेन्च ओपन २०२५ : गउफ बनिन् च्याम्पियन

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

French Open 2025: Gouff becomes champion

काठमाडौँ — अमेरिकी खेलाडी कोका गउफले शनिबार फ्रेन्च ओपन २०२५ को महिला एकलको उपाधि जितेकी छिन् । उनले रोलान्ड ग्यारोसमा भएको फाइनलमा बेलारुसकी नम्बर १ खेलाडी आरयन सबलेन्कालाई तीन सेट चलेको खेलमा पराजित गरेकी हुन् ।

पहिलो सेट गुमाएयता २१ वर्षीया गउफले उत्कृष्ट पुनरागमन रचिन् र खेल ६–७ (७/५), ६–२ र ६–४ ले आफ्नो पक्षमा परिन् । उनले फ्रेन्च ओपनको उपाधि जितेको यो पहिलो पटक हो ।

गउफले समग्रमा ग्रान्ड स्लाम उपाधि जितेको भने यो दोस्रोपल्ट हो । यसअघि उनले सन् २०२३ मा यूएस ओपन जितेकी थिइन् । 

कान्तिपुर

Link copied successfully