पाल्पामा सामुदायिकस्तरमा दिइने फुटबल प्रशिक्षक तालिम सुरु 

जेष्ठ २४, २०८२

माधव अर्याल

Community-level football coach training has started in Palpa

पाल्पा — पाल्पाको तानसेन टुँडिखेलमा सामुदायिकस्तरमा दिइने फुटबल प्रशिक्षक तालिम सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रशिक्षक तालिम पाल्पा जिल्ला फुटबल संघले राखेको हो । अखिल नेपाल फुटबल संघको सामुदायिक स्तरमा दिइने प्रशिक्षक तालिम तानसेनमा पहिलो पटक आयोजना गरेको संघले जनाएको छ । 

तानसेन नगरपालिकाको सहयोगमा सुरु प्रशिक्षणमा आठ जिल्लाका ४४ जना खेलाडीको सहभागिता रहेको छ । प्रशिक्षणमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय बीरजंग राणाले बताए । प्रशिक्षणमा कैलाली, पाल्पा, चितवन, बारा, काठमाडौँ, नवलपरासी, दाङ, रुपन्देही जिल्लाबाट सहभागी छन् । 

अखिल नेपाल फुटबल संघका आधारभूतस्तरको खेलकुद शिक्षा विभागीय प्रमुख पंकज शाही र एन्फाका तालिम तथा शिक्षा कार्यक्रमका प्रमुख प्रशिक्षक सञ्जित सिंहले प्रशिक्षण दिएका छन् । तालिमको उद्घाटन गर्दै नगरप्रमुख सन्तोषलाल श्रेष्ठले ऐतिहासिक नगरी तानसेनमा आयोजना गरेको प्रशिक्षणले सार्थकता पाउनुपर्नेमा जोड दिए । ‘राणाकालमै फुटबल खेलका लागि टुँडिखेल तयार भएकाले पनि ऐतिहासिक महत्त्व छ,’ उनले भने, ‘राष्ट्रियस्तरका धेरै खेलाडी टुँडिखेल मैदानमा फुटबल खेलिसकेको इतिहास का छ ।’ 

Community-level football coach training has started in Palpa

विगत केही समय मैदान अभावले सुस्ताएको फुटबलको गतिविधि अहिले बढ्दै गएको तानसेन नगरपालिका नगर खेलकुद समितिका अध्यक्ष तथा वडाध्यक्ष हेमन्तराज शाक्यले बताए । नगरपालिकाले विभिन्न खेलकुदका संघसंस्थासँग मिलेर स्थानीय, जिल्ला, प्रदेशका साथै आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने सोच राखेको उनले बताए । 

Community-level football coach training has started in Palpa

अखिल नेपाल फुटबल संघका आधारभूतस्तरको खेलकुद शिक्षा विभागीय प्रमुख पंकज शाहीले प्रशिक्षणले टेक्निकल विषयका साथै सैद्धान्तिक ज्ञान दिने बताए । पाल्पा जिल्ला फुटबल संघका उपमहासचिव युवराज चिदीले यस्तो खालको प्रशिक्षणले खेलाडी, प्रशिक्षकमा हौसला मिलेको बताए । हावापानीका हिसाबले तराईको उखरमाउलो गर्मीमा पनि तानसेनमा खेल सञ्चालन गर्न सकिने भएकाले प्रशस्त संम्भावना रहेको एन्फा पाल्पाका सदस्य करण चित्रकारले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully