काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्ड नियुक्त गरेको छ ।
एन्फा महासचिव किरण राईले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरेका छन् । उनी नेपाली महिला राष्ट्रिय टिम सम्हाल्ने दोस्रो प्रशिक्षक हुन् ।
एन्फाको प्रशिक्षक छनोट समितिले उनको नाम सिफारिस गरेको हो । डे विल्डले यसअघि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षक पद सम्हालेका थिए ।
अब उनको नेतृत्वमा नेपाली महिला राष्ट्रिय टिमले एसिया कप छनोट खेल्नेछ । त्यस छनोटको समूह एफ मा नेपाल उज्वेकिस्तान, लाओस र श्रीलंका रहेका छन् ।
