काठमाडौँ — नेपाल तेक्वान्दो संघले प्रथम एनटीए नेसनल टिम तेक्वान्दो च्याम्पियनसिप असार पहिलो साता आयोजना गर्ने भएको छ । ग्योरोगी विधा (फाइट) मा मात्र असार १ र २ गते राजधानीमा हुने च्याम्पियनसिप विश्व तेक्वान्दोको टिम ग्योरोगीको नियमअनुसार खेलाइने आयोजक संघले बिहीबार पत्रकार सम्मेलनमा बतायो ।
प्रतियोगितामा १२–१४ वर्ष उमेर समूहमा क्याडेट गर्ल्स/ब्वाइज टिम तथा १५–१७ वर्ष उमेर समूहमा जुनियर गर्ल्स/ब्वाइज टिम गरी ४ विधा समावेश गरिएको छ । टिम च्याम्पियनले ५० हजार र दोस्रोले २५ हजार रुपैयाँसहित ट्रफी जित्ने छन् । कुल ३ लाख रुपैयाँ पुरस्कार राशि रेहेको छ ।
प्रतियोगितामा ७ सय खेलाडीले भाग लिने अपेक्षा गरिएको छ । करिब १२ लाख ५५ हजार खर्च लाग्ने र सम्पूर्ण रकम तेक्वान्दो संघले व्यवस्थापन गर्ने जनाइएको छ ।
