हङकङ र नेपालबीच गोलरहित बराबरी

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Goalless draw between Hong Kong and Nepal

काठमाडौँ — हङकङ र नेपालले बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेका छन् । सो कोन पोको हङकङ रंगशालामा भएको खेलमा दुवै टिमले स्पष्ट निर्णायक आक्रमण बुन्न सकेनन् ।

यसै खेलबाट नेपालका लागि फरवार्ड श्रीजनराज गौत्तमले डेब्यु गरेका छन् । सब्टिच्युट खेलाडीका रूपमा दोस्रो हाफमा उनी मैदानमा प्रवेश गरेका थिए ।

नेपालले अब जुन १० मंगलबार एसियाकप छनोटमा लाओसको सामना गर्नेछ । यो छनोट तेस्रो चरणको समूह ‘एफ’ को खेल हुनेछ । नेपाल त्यही खेलको तयारीका रूपमा हङकङ भ्रमणमा निस्केको हो ।

यी दुई टिमबीच यो दोस्रो अन्तर्राष्ट्रिय खेल मात्रै हो । यसअघि सन् १९८८ मा पनि नेपालले एसियाकप छनोटमै काठमाडौंमा भएको खेलमा हङकङको सामना गरेको थियो र त्यो खेल पनि गोलरहित बराबरीमै टुंगेको थियो । 

कान्तिपुर

Link copied successfully