महिला ब्याडमिन्डनमा अम्बिका र दीपिका फाइनलमा

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

Ambika and Deepika in women's badminton final

काठमाडौँ — विद्युत प्राधिकरणकी अम्बिका सापकोटा र कृषि विकास बैंककी दीपिका राई १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्सतर्फ फाइनल पुगेका छन् ।

र्‍याकेट एन्ड रोल ब्याडमिन्टन हलमा बिहीबार अम्बिकाले कृषिकी प्रतीक्षा नेपाललाई २१–१७, २१–१६ ले र दीपिकाले नागरिक उड्डयन प्राधिकरणकी सरला श्रेष्ठलाई २१–११, २१–१२ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा विद्युतका भक्तराज जोशीले कृषिका टक्कर कुँवरलाई २१–१९, २१–१४ ले मंगेश तामाङले नागरिक उड्डयनका कालजंग लामालाई १९–२१, २१–१६, २१–५ को सेटमा हराएर फाइनलमा स्थान बनाए ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विद्युतका रत्न श्रेष्ठले नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डेलाई २२–२४, २१–११, २१–११ ले र विद्युतका राजु महर्जनले नेपाल वायुसेवा निगमका घनश्याम भट्टलाई २१–१३, २१–११ ले हराएर फाइनलमा स्थान बनाए ।

एक्ज्युकेटिभ डबल्समा विद्युतका वासु कोलोनी र लोकेन्द्र साउदको जोडी तथा विष्णु गैरे र युकेश श्रेष्ठको जोडीले फाइनलमा स्थान बनाए । पुरुष डबल्समा कृषिका टक्कर कुँवर र राजकुमार निरौला तथा विद्युतका विनोद अधिकारी र भक्तराज जोशीको जोडीले फाइनल भेट पक्का गर्‍यो । भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका राजु महर्जन र रत्न श्रेष्ठ तथा विद्युत छविलाल भट्टराई र विष्णु मास्केको जोडीले फाइनलमा स्थान बनायो ।

कान्तिपुर संवाददाता

Link copied successfully