कांस्य विजेता एरिकालाई तारकेश्वरको सम्मान

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Tarakeshwar's tribute to bronze winner Erika

काठमाडौँ — तारकेश्वर नगरपालिकाले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन, उप–प्रमुख सिर्जना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख ईश्वरीप्रसाद आचार्यले एरिकालाई प्रशंसापत्र र नगदसहित सम्मान गरे ।

मोरक्कोको राबतमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथिको तौल समूहमा एरिकाले फ्रान्सकी खेलाडी क्लेमेन्ट पिएलाई ६–२ अंकले हराएर कांस्य जितेकी हुन् । नेपाली कराते खेलाडीले प्रिमियर लिगमा जितेको यो पहिलो पदक हो ।

डब्लूकेएफ वरीयतामा फड्को

यो सफलताले एरिका विश्व कराते महासंघको वरीयतामा २३ स्थान माथि उक्लेकी छन् । महासंघले जारी गरेको नयाँ वरीयतामा एरिका आफ्नो तौल समूहमा २७ औं स्थानमा आएकी छन् । प्रिमियर लिग खेल्नुअघि उनी ५० औं स्थानमा थिइन् ।

आफ्ना तौल समूहमा विश्वका शीर्ष ३२ खेलाडीले खेल्ने प्रतियोगिताको रूपमा कराते वान प्रिमियर लिग रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully