काठमाडौँ — मनास्लु वर्ल्ड स्कुलले तेस्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार चाबहिलमा भएको फाइनलमा मनास्लुले डिफेन्डिङ च्याम्पियन एनआईसी एकेडेमीलाई ३–० गोलले हरायो ।
मनास्लुका देविन कार्कीले २ र अभिषेक माझीले १ गोल गरे । एनआईसीका सुनिश्चित सुवेदी र समिर लामाले १–१ गोल गरे । विजेता मनास्लुले ३० हजार र उपविजेता एनआईसीले १५ हजार रुपैयाँ पुरस्कार पाए ।
एनआईसीका सुनिश्चित सुवेदी सर्वोत्कृष्ट खेलाडी भए भने एनआईसीका आर्यब श्रेष्ठ उदीयमान खेलाडी चुनिए । एनआईसीका यसोन थापा मगर उत्कृष्ट गोलरक्षक र मनास्लुका देविन कार्की उत्कृष्ट खेलाडी बने ।
उनीहरूले जनही २ हजार ५ सय पुरस्कार हात पारे । विजेतालाई आयोजक काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले पुरस्कृत गरे ।
