काठमाडौँ — बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप बुधबार सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाका २० विद्यालयका ३ सय १० खेलाडीको सहभागितामा सुरु प्रतियोगितामा गर्ल्स र ब्वाइजका गरी कुल ६ स्पर्धा समावेश छ । पहिलो दिन दुई चरणका सकियो । कक्षा १ देखि ४ सम्म गर्ल्सतर्फ ६ खेलाडीले शतप्रतिशत जित पाए ।
धुम्रबाराही माविकी प्रतिज्ञा ठाकुर, बाासबारीका सिमरन कार्की र सुप्रिया मोक्तान तथा महेन्ऽ माविका आशिका लोप्चनले दुवै खेल जितेर २–२ अंक जोडेका हुन् । ब्वाइजतर्फ मेरिडियनका आयम सुवेदी र आयन सुवेदी, नेपाल क्रियटिभका श्रेयांश सापकोटा र अर्णव मानन्धर तथा बाासबारी माविका खेमराज जैसी र युङ्सेन तामाङले २–२ अंक बटुले ।
कक्षा ५–८ को ब्वाइजमा आदर्श गुरुङ, नवीन थापामगर, प्रसन्न जैशी, प्रत्युश ज्ञवाली, राजु राईले दुवै जित दर्ता गरे । गर्ल्सतर्फ रोस्लिन सुवेदी, आरग्य गुप्ता, समिक्षा नेपाल, अप्सरा खत्री, काश्यपी मैनाली विजयी भए ।
कक्षा ९ देखि १२ गर्ल्सतर्फ मायुमी राई, आाचल चौधरी, आन्वी सुवेदी, देवयानी गुरागाईं, स्मारिका लामा, समिक्षा रपाल, साङ्मेन्दु तामाङले दुवै खेल जिते । ब्वाइजमा प्रेमविक्रम अधिकारी, ओजस अधिकारी, अभिनव पाण्डेले २–२ अंक बनाए ।
स्वीस प्रणालीमा आयोजित र्यापिड चेसमा कामपा–४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिका सहभागी छन् । कामपा ४ का वडाध्यक्ष दिनेश महर्जन र आयोजक हिमालयन चेस एकेडेमी (एचसीए) की मोनालिशा खम्बूले उद्घाटन गरे ।
