चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप बुधबारदेखि

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Chairman's Cup School Chess Championship from Wednesday

काठमाडौँ — काठमाडौं महानगरपालिका–४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबार सुरु हुँदै छ । हिमालयन चेस एकेडेमी (एचसीए) ले व्यवस्थापन गर्ने च्याम्पियनसिसपमा दर्जन बढी विद्यालयका दुई सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

चेस (बुद्धिचाल) खेलको माध्यमबाट स्थानीय विद्यार्थीको क्षमता अभिवृद्धि, प्रतिभा पहिचानसँगै अवसर सिर्जना गर्नका लागि काठमाडौं महानगरपालिका–४ ले चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप गरेको वडाध्यक्ष दिनेश महर्जनले बताए ।  च्याम्पियनसिपमा वडा नम्बर ४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिकाले प्रतिस्पर्धा गर्नेछन् ।

हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले चेसले विद्यार्थीको बौद्धिक विकाससँगै अध्ययनलाई पनि राम्रो बनाउने बताइन् । बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा हुने प्रतियोगितामा खेलाडी अध्ययनरत कक्षाका आधारमा ब्वाइज र गर्ल्सका गरी ६ स्पर्धा समावेश गरिएको छ । पदककै आधारमा विद्यालयलाई अंक दिइनेछ । सर्वाधिक अंक हासिल गर्ने विद्यालय चेयरम्यान कप च्याम्पियन बन्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully