नेपालले टस जित्यो, स्कटल्यान्ड ब्याटिङमा

रिजन प्लेयिङ-११ मा, ललित बाहिर

जेष्ठ १९, २०८२

विनोद पाण्डे, अंगद ढकाल

Nepal won the toss, Scotland batted

डन्डी, स्कटल्यान्ड — नेपालले विश्वकप क्रिकेट लिग–२ को सोमबारको खेलमा स्कटल्यान्डलाई ब्याटिङका लागि बोलाएको छ । नेपालका कप्तान रोहित पौडेलले डन्डीको फोर्थहिलमा टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।

पछिल्ला दिनको वर्षाका कारण मैदान भिजेकाले टस आधा घन्टा ढिला गरी भएको थियो । तर खेल भने समयमै सुरु हुनेछ ।

नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, रिजन ढकाल प्लेयिङ-११ मा खेलिरहेका छन् । नेपालले सोमपाल, करण, गुलशन र रिजन गरि ४ तीव्र बलरलाई खेलाएर देव्रेहाते स्पिनर ललितलाई बाहिर राखेको छ ।

Nepal won the toss, Scotland battedस्कटल्यान्डको कप्तानी रिची बेरिङटनले गरिरहेका छन् । टोलीले तीव्र बलर चार्ली क्यासेललाई प्लेयिङ ११ मा राखेको छैन । गत वर्ष क्यासेलले डन्डीमै आफ्नो ‘डेब्यु’ मा ओमानविरुद्ध ५.४ ओभरमा २१ रन खर्चेर ७ विकेट लिएका थिए, जुन कुनै पनि खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय ‘डेब्यु’ मा उत्कृष्ट बलिङ प्रदर्शन हो ।

Nepal won the toss, Scotland battedस्कटल्यान्ड १६ खेलमा २० अंक जोडी चौथो स्थानमा छ र टोली शीर्ष स्थानको अमेरिकाभन्दा ६ अंकले मात्र पछाडि छ । अमेरिकाको तुलनामा स्कटल्यान्डले ४ खेल कम खेलेको छ । नेपाल १२ खेलमा ६ अंकमात्र जोडी पुछारमा रहेको छ । ८ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष चार टोली २०२७ को विश्वकप छनोटमा पुग्ने छन् ।

नेपालको खेल हेर्न इंग्ल्यान्डको लन्डनदेखि विभिन्नसहित, स्कटल्यान्डको एडिनब्रो, ग्लास्गो र आयरल्यान्डबाट समर्थक मैदान आएका छन् । 

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully