गोल्डेनगेटको लगातार सातौं जित

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Goldengate's seventh win in a row

काठमाडौँ — गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार सामाखुसी युथ क्लबमाथि ७१–६४ स्कोरको जित पाएको छ ।

गोल्डेनगेटको यो लगातार सातौं जित हो । यो सफलताले गोल्डेनगेट फाइनल नजिक पुगेको छ । टोलीले ८ खेलबाट १५ अंक जोड्दै शीर्षस्थानमा ओगटेको छ । समान अंक भए पनि हाउन्ड्स दोस्रोमा छ । समान ८ खेलबाट १३ अंक जोडेको टाइम्स बास्केटबल क्लब तेस्रो स्थानमा छ ।

अब लिगमा दुई चरणको खेल बाँकी छ । त्यसपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछ । हाउन्ड्सले टाइम्स र गोल्डेनगेटसँग खेल्न बाँकी छ । टाइम्स र गोल्डेनगेट दुवैको बाँकी खेल सामाखुसी युथ क्लबविरुद्ध छ । तिनै खेलले फाइनल पुग्ने दुई टोलीको तय गर्नेछ । रोयल, कीर्तिपुर र सामाखुसी भने फाइनल दौडबाट बाहिरिएका छन् । 

कीर्तिपुर कभर्डहलमा गोल्डेनगेटले पहिलो क्वाटरमा २३–१२ को अग्रता बनायो । दोस्रो क्वाटर सामाखुसीले १९–१६ ले आफ्नो पक्षमा पार्‍यो । हाफटाइमसम्म गोल्डेनगेट ३९–३१ ले अगाडि रह्यो । तेस्रो क्वाटर १९–१५ को नतिजा निकालेपछि गोल्डेनगेट ५८–४६ ले अगाडि रह्यो । चौथो तथा अन्तिम क्वाटरमा सामाखुसी १८–१३ ले अघि रहे पनि जितलाई स्कोर पर्याप्त रहेन । गोल्डेनेगटबाट निकेश मगरले सर्वाधिक २२ स्कोर गरे । उनी नै खेलका उत्कृष्ट खेलाडी बने । सामाखुसीका प्रज्वल महर्जनले २२ अंक स्कोर गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully