पत्रकार हिमेशको 'स्वर्णकथा : नेपाली फुटबलको' सार्वजनिक

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Journalist Himesh's 'Golden Story: Nepali Football' released

काठमाडौँ — पत्रकार हिमेशले नेपाली फुटबल–वृत्तान्त समेटेर तयार पारेको 'स्वर्णकथा : नेपाली फुटबलको' प्रकाशित भएको छ । आइतबार काठमाडौंमा एक एक विशेष समारोहबीच पुस्तक लोकार्पण भएको हो । 

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी शाक्यले पुस्तकको लोकार्पण गरेका हुन् । लोकार्पण समारोहमा एन्फा महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, वरिष्ठ पत्रकार युवराज घिमिरे, खेलाडी सन्तोषी श्रेष्ठलगायत उपस्थित थिए । पुस्तक बुकहिल पब्लिकेशनबाट प्रकाशित भएको हो । 

पुस्तकमा नेपाली फुटबलको सुरुआतदेखि १०० वर्ष लामो इतिहासका घटनाक्रम समेटिएको छ । पुस्तकमा नेपालले विसं १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दाका क्षणहरू पनि समेटिएका छन् । 

नेपाली फुटबल इतिहास समेटेर लेखिएको यो पहिलो नेपाली पुस्तक हो । अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले लेखकले फुटबलका घटनाक्रमलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको बताउँदै नेपाली फुटबलमा पहिलो दस्ताबेजका रूपमा यो पुस्तक भित्रिएको बताए ।  

 धाविका सन्तोषी श्रेष्ठले हरेक क्षेत्रमा साहित्य महत्वपूर्ण हुने भन्दै नेपाली खेलकुदमा पनि खेल साहित्य लेखिनुपर्ने आवश्यकता औँल्याइन् । उनले लेखक बज्राचार्यको नाममै रत्न रहेको र रत्नले लेखेको स्वर्णकथा रत्न जस्तै राम्रो रहेको टिप्पणी गरिन् ।

लेखक बज्रचार्यले पुस्तक लेखन कार्यमा साथ दिने सबैलाई धन्यवाद दिँदै आफू सानैदेखि फुटबलको समर्थक र पछि फुटबलबारे लेख्दै आएकाले पुस्तक निकाल्ने आफ्नो सपना पूरा भएको बताए । 

बुकहिलका भूपेन्द्र खड्काले फुटबलमा रुचि हुने हरेक पाठकका साथै विद्यालयस्तरका विद्यार्थीका लागि पुस्तक उपयोगी हुने बताए ।  

कान्तिपुर

Link copied successfully