भ्याली पब्लिक बास्केटबल सेमिफाइनलमा

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

in the Valley Public basketball semifinals

काठमाडौँ — भ्याली पब्लिक आइतबार नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनल पुगेको गरेको छ ।

आयोजक स्किब्सको कोर्टमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई १५–१० स्कोरले पराजित गर्‍यो । बाँकी तीन क्वाटरफाइनल हुन बाँकी छ । त्यसमा नवीन ज्योतिले चेल्सी वर्ल्ड स्कुल, त्रिज्योतिले हिमरश्मि र निम्सले ज्ञान निकेतनविरुद्ध खेल्नेछन् ।

जुनियर ब्वाइजमा स्किब्सले नवीनज्योतिलाई ९–८ को अन्तरले हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्‍यो । अन्य प्रिक्वाटरफाइनल ओडिसी एकेडेमी र युनिक नेपाल, एन्जल्स हार्ट र पिपुल्स एकेडेमी, नेपाल पुलिस स्कुल र पारामाउन्ट एकेडेमी, ज्ञान निकेतन र बसुन्धरा नेसनल एकेडेमी (बीएनए), सेब र गेट्वे एकेडेमी, हिमरश्मि र गोल्डेनपिक तथा लालीगुराँस नेसनल एकेडेमी र अपी स्कुलबीच हुनेछ ।

सिनियर ब्वाइजको प्रिक्वाटरफाइनलमा टीआईए र स्काइलार्क, न्युटन र बीएनए, प्राण्जली र विल्सन एकेडेमी, हिमरश्मि र पृथ्वी, ग्रिनल्यान्ड र सेब, स्किब्स र नेपाल पुलिस, ज्ञान निकेतन र अपी तथा एन्जल्स हार्ट र रिलायन्स भिड्ने छन् । प्रतियोगिता सोमबार सकिनेछ ।

कान्तिपुर

Link copied successfully