बाक्सिलालाई मेयर कप

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

Mayor's Cup to Bacsilla

खोटाङ — बाक्सिला फुटबल क्लबले छैटौ केएफए सूचन स्मृति दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार दिक्तेल रङ्गशालामा सम्पन्न फाइनलमा बाक्सिलाले नुनथला स्पोर्ट्स क्वललाई ६–० ले हरायो । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाए ।

आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी सैंजूका अनुसार उत्कृष्ट खेलाडीमा बाक्सिलाका पदम भट्टराई चुनिए । उनले ७ हजार पाए । गोलकिपरमा विवश चौधरी, प्रशिक्षक सनम राई जोजो, सर्वाधिक गोलकर्तामा सुजन माझी पुरस्कृत भए । उनीहरू सबै बाक्सिलाका हुन् । उनीहरूले जनही ४ हजार पाए ।

उदीयमान खेलाडीमा खोटाङ फुटबल एकेडेमीका प्रतीक खड्का चुनिए । उनले २ हजार पाए । म्यान अफ द फाइनलमा बाक्सिलाका सुजन माझी चुनिए । दिक्तेलका रोहण परियार, पास्कल बस्नेत, एकराज बुढाथोकी, योगेश बुबई राईलाई फुटबलमा विशेष योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully