दशरथ रंगशालामा महिला रग्बी सेभेन्स

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

Women's Rugby Sevens at Dasharath Stadium

काठमाडौँ — प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत सहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार दशरथ रंगशालामा हुने भएको छ ।

सहिद स्मृति स्पोर्ट्स एकेडेमीले नेपाल रग्बी संघको व्यवस्थापन र प्राविधिक सहयोगमा प्रतियोगिता गर्न लागेको हो । नकआउट आधारमा हुने प्रतियोगितामा कोशी, मधेश, बागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित आर्मी र एपीएफ क्लब गरी ७ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमा बताए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।

विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ७ हजार प्रदान गरिनेछ । सबै खेलाडीको १ लाख २५ हजार बराबरको खेल दुर्घटना बिमा गरिएको छ । सहभागी टिमलाई होटल र एकतर्फी यातायत खर्च उपलब्ध गराइने जनाइएको छ ।

एकदिने प्रतियोगिताका लागि करिब १९ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । त्यसमा आयोजक एकेडेमीले ११ लाख उपलब्ध गराउने छ भने बाँकी रकम रग्बी संघले व्यवस्थापन गर्नेछ । 

एकेडेमीले रग्बीपछि ब्याडमिन्टन, तेक्वान्दो र फुटसल पनि आयोजना गर्ने तयारी गरिरहेको जानकारी गराइयो ।

कान्तिपुर

Link copied successfully