स्किब्स कप बास्केटबल शनिबारदेखि

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

SKIBB'S CUP BASKETBALL FROM SATURDAY

काठमाडौँ — श्री चन्द्रविन्दु बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुनेछ ।

प्रतियोगितामा विभिन्न ४ विधामा ४४ विद्यालयका ७५ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा ३२, सिनियर गर्ल्समा १६, जुनियर ब्वाइजमा २३ र स्टाफमा ४ टिमले भाग लिने छन् ।

सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइजको खेल लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ । स्टाफको खेल राउन्ड रोविन लिगमा हुनेछ । लिगमा पाएको अंकका आधारमा विजेता चयन गरिने छ । विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । तीन विधामा नगद पुरस्कार छैन ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाा खर्च हुने स्किब्सका को–ओर्डिनेटर एवं ईसीए इन्चार्ज सागर शर्माले बताए । दुईदिने प्रतियोगिताका खेल बसुन्धारास्थित आयोजकको कोर्टमा  खेलाइने छ ।

कान्तिपुर

Link copied successfully