पर्सा र रौतहट विजयी

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

Parsa and Rautahat victorious

पर्सा — मधेश क्रिकेट लिग सिजन–१ अन्तर्गत बिहीबार वीरगन्जमा पर्सा र रौतहट विजयी भएका छन् । नारायणी क्रिकेट मैदानमा पहिलो खेलमा पर्साले सर्लाहीलाई ६९ रनले पराजित गर्‍यो ।

सर्लाहीले टस जितेर फिल्डिङ रोजेपछि पर्साले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन खडा गर्‍यो । महम्मद समिरले ३० र सफवान अलीले २४ रनको योगदान गरे । सर्लाहीका विशाल पटेलले ५ र नीरज यादवले २ विकेट लिए । जवाफमा रौतहट १३.४ ओभरमा ५६ रनमात्र बनाउन सक्यो । विशाल पटेलले सर्वाधिक २८ रन बनाए । पर्साका चन्दन रामले ५ र रन्जित कुमारले १ विकेट लिए । चन्दन राम प्लेयर अफ द म्याच घोषित भए । 

दोस्रो खेलमा रौतहटले महोत्तरीलाई ४६ रनले हरायो । टस जितेको रौतहटले ५ विकेट गुमाई १ सय ३५ रन बनायो । डब्लु मल्लिकले ६२ र सन्नी साहले ४७ रन बनाए । महोत्तरीका अभिषेक तिवारीले ३ विकेट लिए । जवाफमा महोत्तरी १८.३ ओभरमा ८९ रन बनाएर अलआउट भयो । प्रणय साहले सर्वाधिक २२ रन बनाए । रौतहटका नितेश यादव र सन्नी साहले ३–३ विकेट लिए । रौतहटका सन्नी साह प्लेयर अफ द म्याच घोषित भए ।

कान्तिपुर

Link copied successfully