नेपाली जुडो टोली ढाका प्रस्थान

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

Nepalese judo team leaves for Dhaka

काठमाडौँ — बंगलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनसिपमा भाग लिन नेपालका १२ खेलाडीसहित १४ सदस्यीय टोली बिहीबार बंगलादेशको ढाका गएको छ ।

यही मे २५ देखि २६ सम्म हुने प्रतियोगितामा ७ पुरुष र ५ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीमाथि विज्ञान तिखत्री छन् । महिलातर्फ ४४ केजीमुनि समिता नेपाली, ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली, ५७ केजीमुनि पेमा याङ्जी शेर्पा र ६३ केजीमुनि रेखा श्रेष्ठले भाग लिनेछन् ।

सहभागी १२ खेलाडीमध्ये समिता, निशा, विनिता, पेमा र सविनसहित ५ खेलाडी बन्दी सहायता नियोग (पाम) का हुन् । प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाए । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै बिदाइ गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully