भारतीय हक्की संघबाट नेपाललाई सामग्री प्रदान

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

Materials provided to Nepal by Indian Hockey Association

काठमाडौँ — भारतीय हक्की संघले नेपाल हक्की संघलाई बिहीबार सहयोगस्वरुप खेल सामग्री हस्तान्तरण गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समिति सदस्य तथा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले ५–५ सय थान हक्की स्टिक र बल तथा प्रशिक्षण सामग्री सहयोगस्वरुप प्राप्त भएको जनाएकी छन् ।

एसियाली हक्की महासंघका उपाध्यक्ष एवं भारतीय हक्की संघका महासचिव भोलानाथ सिंह, भारतीय हक्की संघका कोषाध्यक्ष सेकर मनोहरण र भारतीय हक्की संघका प्रबन्ध निर्देशक रविकान्त श्रीवास्तवसहितको भारतीय टोलीले सामग्री हस्तान्तरण गरेको हो ।

टोलीले बिहीबारै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र राखेपका सदस्य–सचिव टंकलाल घिसिङसँग पनि छुट्टाछुट्टै भेट गरेको छ । भेटका अवसरमा नेपालमा हक्कीको अवस्था, नेपालमा हक्कीको विकासका लागि भारतको सहयोग, प्रशिक्षणलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

भारतीय पदाधिकारीले नेपाली खेलाडीको प्रशिक्षणका साथै भारतीय हक्की संघले नेपालको हक्कीलाई उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully