तीन कुस्ती खेलाडी भारत जाने 

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Three wrestlers to go to India

काठमाडौँ — यूडब्लूडब्लू एसियन बेल्ट एलिस कुस्ती च्याम्पियनसिपमा नेपालका ३ खेलाडीले भाग लिने भएका छन् ।

मे २१ देखि २६ सम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादवले सहभागिता जनाउने छन् । उनीहरूसहित ५ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ जानेछ ।

तीनै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा छन् ।

प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन् । प्रतियोगिताका दौरान हुने दक्षिण एसियाली कुस्ती महासंघको बैठकमा सहभागी हुन राखेपका सदस्य तथा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी पनि टोलीसँगै भारत जाने छन् । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे । 

कान्तिपुर

Link copied successfully