सावित्रा भण्डारीको सम्मानमा ‘साम्बाचोक’ स्थापना

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Establishment of 'Sambachok' in honor of Savitra Bhandari

काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ साम्बाचोक नामकरण गरी साम्बा स्तम्भ निर्माण गरिएको छ ।

नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दारसमेत रहेकी भण्डारीको नाममा लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकमा स्तम्भ निर्माण गरिएको हो । साम्बा स्तम्भको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरे । 

सावित्रा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमासमेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छिन् ।

उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय अगुवा, जनप्रतिनिधि र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

सावित्राका आमा–बुबालाई पनि सम्मान गरिएको सशस्त्र प्रहरीका डिएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully