स्वदेश टर्किस एयरलायन्स गल्फ

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

Swadesh Turkish Airlines Golf

काठमाडौँ — स्वदेश गुरुङले टर्किस एयरलायन्स वर्ल्ड गल्फ कप एमेचेर सिरिज जितेका छन् । गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा शनिबार गुरुङले प्रभावशाली ४२ स्टेबलफोर्ड अंक बटुलेका थिए । यो उपाधि जितेसँगै उनी नोभेम्बरमा टर्कीको एन्टालयमा हुने टर्किस एयरलायन्स वर्ल्ड गल्फ कपका लागि नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

आङ डेन्डी शेर्पा र प्रदीप केसी केवल एक अंकले स्वदेशभन्दा पछाडि रहे । दुवैले समान ४१ स्कोर गरेका थिए । ब्याक नाइटमा २० स्कोर गरेका कारण आङ डेन्डी उपविजेता बने । प्रदीपले ब्याक नाइनमा १९ स्कोर गरेका थिए । उनी तेस्रो भए । 

वाङचेन ढोन्डुपले बेस्ट ग्रसको उपाधि जिते । उनले कुल ४१ ग्रस अंक बटुलेका थिए । मनोहरदास मुल र विपना श्रेष्ठ क्लोजेस्ट टु द पिनमा क्रमशः पुरुष र महिलातर्फ विजेता बने । टर्किस एयरलायन्सको प्रायोजनमा भएको प्रतियोगितामा ८४ गल्फरले ३/४ ह्यान्डिक्यापका आधारमा खेलेका थिए । 

टर्किस एयरलायन्स काठमाडौंका महाप्रबन्धक सेर्कन बसर, सेल्स म्यानेजर बेनाजिर खान, स्टेसन म्यानेजर रेशु सिंह, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नवीन अधिकारी, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नथानले विजयी खेलाडीलाई पुरस्कृत गरेका थिए । 

कान्तिपुर

Link copied successfully