राखेपको आगामी सदस्य सचिव कांग्रेसकै कोटाबाट : मन्त्री चौधरी

जेष्ठ ३, २०८२

अर्जुन सुवेदी

Rakhep's next member secretary from the quota of Congress: Minister Chaudhary

सुनसरी — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद्‍को सदस्य सचिव कांग्रेसकै कोटाबाट हुने दाबी गरेका छन् ।

इटहरीमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले अबको केही महिनामा नियुक्त हुने राखेपको २० औं सदस्य सचिव कांग्रेसबाटै हुने बताए । राखेपका अहिलेका सदस्य सचिव टंकलाल घिसिङको कार्यकाल आगामी मंसिर दोस्रो साता सकिँदै छ ।

मन्त्री चौधरीले हाल संघीय सरकारले संघअन्तर्गत रहेका १० वटा रंगशाला प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । इटहरी रंगशालालाई कोशी प्रदेशको प्रशिक्षण केन्द्रका रुपमा विकास गरिने उनको भनाइ छ । देशभरका रंगशालामध्ये ठूला रंगशालालाई प्रदेशस्तरीय प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने सरकारको योजनाअनुसार इटहरी रंगशाला प्रशिक्षण केन्द्र बन्ने मन्त्री चौधरीले स्पष्ट पारे ।

हाल संघीय सरकारअन्तर्गतको इटहरी रंगशाला चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको उनले बताए । मन्त्री चौधरीले ती रंगशालाका लागि आउँदै गरेको वार्षिक बजेटमा तोकिएरै बजेट विनियोजन गरिएको जानकारी दिए । यस्ता रंगशाला मर्मत गर्न भनेर ११/१२ करोड रकम विनियोजन गरिएको चौधरीको भनाइ छ ।

अर्जुन

Link copied successfully