लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष गुरुङ पदमुक्त

जेष्ठ ३, २०८२

मनोज पौडेल

Lumbini Pradesh Cricket Association president Gurung resigned

कपिलवस्तु — लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभाले प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्ध लागेको अविश्वास प्रस्ताव पारित गरेको छ । गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका छन् ।

२०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनयराज भण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान) मा पठाएका थिए । सदरमुकाम तौलिहवामा शनिबार सम्पन्न विशेष साधारणसभामा उपस्थित सबै ३८ जना प्रतिनिधिले गुरुङविरुद्ध अविश्वास प्रस्ताव पारित गरेका हुन । अविश्वास प्रस्ताव पारित भएपछि उपाध्यक्ष विनयराज भण्डारी कार्यवाहक अध्यक्ष भएको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले बताए ।

संघको विनियमावली, क्यानको पत्र र राष्ट्रिय खेलकुद परिषद्को पत्रअनुसार विशेष साधारणसभा भएको र जेठ ३१ गते पाल्पामा अर्को विशेष साधारणसभा बोलाएर नया नेतृत्वमा चयन गरिने कार्यवाहक अध्यक्ष भण्डारीले बताए । विशेष साधारणसभामा रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, पाल्पा र पश्चिम नवलपरासी ७ जिल्लका प्रतिनिधि सहभागी थिए ।

विशेष साधारणसभामा लुम्बिनी प्रदेशका ४१ प्रतिनिधिमध्ये अविश्वास प्रस्ताव ल्याइएका अध्यक्ष सञ्जय गुरुङ उपस्थित थिएनन् । एकजनाको मृत्यु भएको र एकजना विदेश छन् ।

मनोज पौडेल

Link copied successfully