नेपाल ट्वान्टी-२० क्रिकेट विश्वकपको एसिया छनोटको दोस्रो चरणमा 

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Nepal in the second round of Asia Qualifiers of Twenty20 Cricket World Cup

काठमाडौँ — हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

थाइल्यान्डको बैंककमा पानी परेपछि खेल नै सुरु नभई हङकङ र बहराइनबीचको खेल रद्द हुँदा नेपाल भाग्यमानी सावित भएको हो । 

समूह सीमा रहेको नेपालले समूह चरणको सबै ४ खेल खेली ५ अंक बटुलेको छ । हङकङ नेट रन रेटमा नेपालभन्दा अगाडि रहे पनि प्रतियोगिताको नियामावलीअनुसार सर्वाधिक खेलमा विजय हात पार्ने टोलीका रूपमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

नेपालले २ खेल जितेको छ भने हङकङले १ खेल मात्र जितेको छ ।  डबल राउन्ड रोबिनमा आयोजित प्रतियोगितामा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् । त्यसपछि ३ टोलीले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली ट्वान्टी–२० विश्वकप छनोटमा पुग्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully