शीर्ष पाँचकै लागि प्रतिस्पर्धा

जेष्ठ २, २०८२

एएफपी

Competing for the top five

लन्डन — इंग्लिस प्रिमियर लिगमा दुई चरणका खेल मात्रै बाँकी छँदा युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने होड रहेको छ । अहिलेसम्म च्याम्पियन लिभरपुलले मात्र अर्को सिजन युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने निश्चित भइसकेको छ । दोस्रो स्थानमा रहेको आर्सनल पनि छनोट हुने लगभग निश्चितजस्तै छ ।

तर तेस्रो स्थानमा रहेको न्युकासल युनाइटेड र सातौंमा रहेको नटिङ्घम फरेस्टबीच जम्माजम्मी चारै अंकको मात्र अन्तर छ । यो सिजन उपाधि होडमा लिभरपुललाई चुनौती पेस गर्ने एक मात्र टिम आर्सनलको केही साता अगाडिसम्म दोस्रो स्थान पक्कापक्कीजस्तै थियो ।

न्युकासलले आइतबार आर्सनलकै सामना गर्नेछ र खेल हुनेछ, इमिरेट्समा । यो खेल जित्ने हो भने न्युकासलले आर्सनललाई उछिन्नेछ, एक अंकले । संयोग कस्तो भने आर्सनलले पछिल्ला छ खेलमा एकैपल्ट मात्र विजयी रहेको छ । यसको ठीकविपरीत न्युकासल मध्य मार्चमा लिग कपको उपाधि जितेपछि लयमा छ ।

एएफपी

Link copied successfully